दर्शन
बक्स बाहिर
उत्कृष्ट सफ्टवेयरले सानो कन्फिगरेसन र सेटअपको साथ काम गर्नुपर्छ। वर्डप्रेस तपाईँलाई पाँच मिनेट भन्दा कम समयमा पूर्ण रूपमा कार्य गर्न सक्ने साइट निर्माण गर्न सक्षम बनाउन डिजाइन गरिएको हो। तपाईँले वर्डप्रेसको साधारण कार्यक्षमता प्रयोग गर्न लडाइँ गर्न पर्दैन।
हामी हरेक रिलिज यस दर्शन अनुरूप छ भनी सुनिश्चित गर्न कडा मेहनत गर्छौं। हामी सेटअप प्रक्रियाको क्रममा सकेसम्म थोरै प्राविधिक विवरणहरूको लागि सोध्छौँ साथै हामीले सोध्ने कुनै पनि कुराको पूर्ण स्पष्टीकरण प्रदान गर्छौं।
बहुमतको लागि डिजाइन
धेरैजसो वर्डप्रेसका अन्तिम प्रयोगकर्ता प्राविधिक रूपमा सोच्ने मानिस हुँदैनन्। तिनीहरूले AJAX के हो भन्ने जान्दैनन्, न त आफूले कुन PHP को संस्करण प्रयोग गरिरहेका छन् भन्ने कुरामा नै चासो राख्छन्। साधारण वर्डप्रेस प्रयोगकर्ता समस्याहरू वा व्याधानबिनै लेख्न सक्षम हुन चाहन्छन्। यी नै ती प्रयोगकर्ताहरू हुन् जसका लागि हामीले सफ्टवेयर डिजाइन गर्ने गर्दछौँ, किनकि अन्ततः यही मानिसहरूले यसलाई यसको उद्देश्यका लागि सबैभन्दा धेरै समय प्रयोग गर्ने हुन्।
निर्णय, विकल्प होइन
निर्णय लिँदा पहिलो पटक हामीले विचार गर्ने प्रयोगकर्ताहरू यिनै हुन्। यस विचारको उत्कृष्ट उदाहरण सफ्टवेयर विकल्पहरू हुन्। प्रत्येकपटक तपाईँले कुनै प्रयोगकर्तालाई विकल्प दिनुहुन्छ भने, उहाँलाई एउटा निर्णय लिन भन्नुहुन्छ। जब कुनै प्रयोगकर्ताले विकल्पबारे वास्ता गर्दैन वा नबुझ्दछ, अन्ततः यो झन्झटको कारण बन्छ। डेभलपरका रूपमा हामीले कहिलेकाहीँ हरेक कुराका लागि विकल्पहरू उपलब्ध गराउनु राम्रो हो जस्तो महसुस गर्छौँ, धेरै विकल्पहरू कहिल्यै खराब हुँदैनन्, हैन र? अन्ततः यी विकल्पहरू प्राविधिक प्रकृतिका हुन्छन्, जसमा साधारण अन्तिम प्रयोगकर्ताको कुनै चासो हुँदैन। डेभलपरका रूपमा हाम्रो कर्तव्य हो कि स्मार्ट डिजाइन निर्णयहरू गरौँ र प्राविधिक विकल्पहरूको भार आफ्ना अन्तिम प्रयोगकर्तामाथि नथोपर्छौँ।
सफा, दुब्लो र अर्थ
वर्डप्रेसको कोरले सधैँ भरपर्दो आधारभूत सुविधाहरूको एक मजबूत एरे उपलब्ध गराउनेछ। यो हल्का र छिटो हुने गरी डिजाइन गरिएको हो र सधैँ त्यहीँ रहनेछ। हामीलाई प्रायः “कुन बेला X फिचर बनाइने हो” वा “किन X प्लगिन कोरमा समेकित गरिएको छैन” भनेर सोधिने गरिन्छ। सामान्य नियम यो हो कि कोरले अन्तिम प्रयोगकर्ताहरूको कम्तीमा ८०% ले वास्तवमै रुचाउने र प्रयोग गर्ने सुविधाहरू मात्र उपलब्ध गराउनु पर्छ। यदि वर्डप्रेसको अर्को संस्करण यस्तो सुविधासहित आउँछ जसलाई अधिकांश प्रयोगकर्ताहरूले तुरुन्तै बन्द गर्न चाहन्छन्, वा कहिल्यै प्रयोग नगर्ने सोच्दछन् भने, त्यसो भए हामीले गल्ती गरेका हुनेछौँ। यदि हामी ८०% सिद्धान्तमा अडिग रहने हो भने यस्तो कहिल्यै हुनु हुँदैन।
हामी यो गर्न सक्षम छौँ किनभने हाम्रसँग अत्यन्त सक्षम थिम र प्लगिन प्रणाली छ र एक उत्कृष्ट डेभलपर समुदाय छ। विभिन्न मानिसका फरक आवश्यकताहरू हुन्छन्, र उच्च सङ्ख्यामा गुणस्तरीय वर्डप्रेस प्लगिन र थिमहरू उपलब्ध हुनुका कारणले प्रयोगकर्ताहरूले आफ्ना स्थापना आफूलाई मनपर्ने अनुसार कस्टमाइज गर्न सक्नुहुन्छ। यसले सबै प्रयोगकर्ताहरूलाई बाँकी २०% फेला पार्न र वर्डप्रेसका सबै सुविधाहरूलाई आफ्ना मनपर्ने र प्रयोग गर्ने सुविधाहरू बनाउन सक्षम बनाउनुपर्छ।
सादगीको लागि प्रयासरत
हामीले कहिल्यै सरलताका साथ गरेका छैनौँ। हामी वर्डप्रेसलाई प्रत्येक रिलीजको साथ प्रयोग गर्न सजिलो बनाउन चाहन्छौँ। हामीले यसको राम्रो ट्र्याक रेकर्ड पाएका छौँ, यदि तपाईँ हामीलाई विश्वास गर्नुहुन्न भने, वर्डप्रेसको केही पुराना संस्करणहरूमा फर्केर हेर्नुहोस्!
अघिल्ला रिलीजहरूमा हामीले प्रयोग सहजता सुधार्न र अन्ततः कुराहरू बुझ्न अझ सरल बनाउन ठूला कदमहरू चालेका छौँ। यसका उत्कृष्ट उदाहरणहरूमध्ये एउटा मुख्य सफ्टवेयर अपडेटहरू हुन्। पहिले अपडेट गर्नु धेरै जटिल म्यानुअल काम थियो, जुन हाम्रा धेरै प्रयोगकर्ताहरूका लागि निकै गाह्रो थियो। हामीले यसमा ध्यान केन्द्रित गर्ने निर्णय गर्यौँ र यसलाई एकल क्लिकमा सीमित गर्दै सरल बनायौँ। अब वर्डप्रेस स्थापना भएका जो कोहीले वर्डप्रेसको कोर र प्लगिनहरू तथा थिमहरूमा एक क्लिक अपग्रेडहरू गर्न सक्नुहुन्छ।
हामी आफैँलाई चुनौती दिन र समग्र वर्डप्रेस प्रयोगकर्ता अनुभवको लागि सकारात्मक तरिकामा कार्यहरू सरल बनाउन मन पराउँछौँ। वर्डप्रेसको प्रत्येक संस्करण पछिल्लो भन्दा प्रयोग गर्न सजिलो र थप रमाइलो हुनुपर्छ।
म्यादहरू मनमानी होइनन्
समयसीमा मनलाग्दी हुँदैनन्, तिनले हामीले आफ्नै लागि र हाम्रा प्रयोगकर्ताहरूका लागि गरेको त्यो वाचा जनाउँछन् जसले प्रत्येक रिलीजको भाग हुन सक्ने अनन्त सम्भावनाहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ। हामी प्रत्येक वर्ष तीनवटा प्रमुख संस्करणहरू रिलीज गर्ने लक्ष्य राख्छौँ, किनकि प्रयास र त्रुटिको माध्यमबाट हामीले पत्ता लगाएका छौँ कि यसले प्रत्येक रिलीजमा उत्कृष्ट सामग्री समावेश गर्ने र त्यति धेरै नथप्ने, जसका कारण हामीले थपेकोभन्दा बढी बिगार्ने अवस्था नआओस् भन्ने बीच राम्रो सन्तुलन प्रदान गर्दछ।
राम्रो समयसीले लगभग सधैँ तपाईँलाई रिलीजबाट केहि कुराहरू छाँट्न पर्ने बनाउँछ। यो नराम्रो कुरा होइन, त्यसको काम नै त्यस्तै हो।
थप-एक-सुविधाको लागि भन्दै रिलीज ढिलाइ गर्नु भनेको जटिल भुमरीमा छिर्नु जस्तै हो। हामीले एक वर्ष भन्दा बढी एक पटक त्यसो गर्यौँ र त्यो कसैको लागि पनि सुखद थिएन।
रिलीजहरू जति धेरै पटक र नियमित रूपमा हुनेछन्, कुनै विशेष फिचर यस रिलीजमै हुनु त्यति महत्त्वपूर्ण हुँदैन। यदि कुनै कारणले यो रिलीजका लागि नपुग्ने हो भने, अर्को रिलीज आउन केही महिनामात्र कुर्नुपर्छ। जब रिलीजहरू अनियमित, दुर्लभ वा धेरै टाढा–टाढा मात्र हुने हुन्छन्, तब अर्को रिलीज आउन धेरै समय लाग्ने भएकाले “त्यो एउटा थप कुरा” पनि कसरी भए पनि यसमै घुसाउनुपर्ने दबाब बढ्छ। ढिलाइले थप ढिलाइ निम्त्याउँछ।
मुखर अल्पसङ्ख्यक
इन्टरनेट संस्कृतिभित्र “१% नियम” भनेर चिनिने एउटा राम्रो साधारण मान्याता छ। यसले भन्छ, “इन्टरनेटमा सामग्री सिर्जना गर्ने व्यक्तिहरूको सङ्ख्या वास्तवमा उक्त सामग्री हेर्ने व्यक्तिहरूको करिब १% (वा त्यसभन्दा कम) मात्र हुन्छ।”
त्यसैले, फोरमहरूमा फिडब्याक पोस्ट गर्ने र आफ्ना धारणा व्यक्त गर्नेहरूलाई सुन्नु र जवाफ दिनु अत्यन्तै महत्वपूर्ण छ भनेर हामी मान्दा पनि, उनीहरूले हाम्रो अन्तिम प्रयोगकर्ताहरूको केवल सानो अंशको मात्र प्रतिनिधित्व गर्छन्। वर्डप्रेसका आगामी संस्करणहरूलाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्दा, हामी अनलाइन यति मुखर नभएका ती प्रयोगकर्ताहरूलाई अझ धेरै संलग्न गराउन चाहन्छौँ। हामी यो संसारभरका वर्डक्याम्पहरूमा प्रयोगकर्ताहरूलाई भेटेर र उनीहरूसँग कुरा गरेर गर्छौँ, यसले हामीलाई बुझाइको सन्तुलित दृष्टिकोण दिन्छ र अन्ततः सबैका लागि अगाडि जाँदा अझ राम्रो निर्णय गर्न सक्षम बनाउँछ।
हाम्रो अधिकार विधेयक
वर्डप्रेसलाई जनरल पब्लिक लाइसेन्स (जिपिएलभि२ वा पछि) अन्तर्गत लाइसेन्स दिइएको छ जसले चार मुख्य स्वतन्त्रताहरू प्रदान गर्छ, यसलाई वर्डप्रेस "अधिकारको विधेयक" मान्न सक्नुहुन्छ:
- कुनै पनि उद्देश्यका लागि कार्यक्रम सञ्चालन गर्ने स्वतन्त्रता।
- प्रोग्रामको कार्यपद्धति अध्ययन गर्ने र आफ्नो इच्छाअनुसार परिवर्तन गर्ने स्वतन्त्रता।
- पुन: वितरण गर्ने स्वतन्त्रता।
- तपाईँका संशोधित प्रतिलिपिहरू अरूका लागि वितरण गर्ने स्वतन्त्रता।
त्यस्ता लाइसेन्स सम्बन्धी आवश्यकताहरूको एउटा भागमा तिनीहरूको व्युत्पन्न कृतिहरू वा मूल वर्डप्रेस फङ्कसनहरूसँग (जस्तै थिम, प्लगिन आदि) लिङ्क हुने वस्तुहरूलाई समेत GPL अन्तर्गत लाइसेन्स गर्नु पर्ने हुन्छ, जसले गर्दा ती कृतिहरूमा प्रयोगको स्वतन्त्रता पनि अगाडि सारिन्छ।
स्पष्ट छ, यी आदर्शहरूबाट जोगिन र वर्डप्रेस लाइसेन्सिङको अभिप्राय, जसको उद्देश्य प्रयोगको स्वतन्त्रता सुनिश्चित गर्नु हो, लाई कमजोर पार्ने लुप फेला पार्न वा कुनै न कुनै रूपमा त्यसलाई परित्याग गर्न प्रयास गरेर आफ्ना प्रयोगकर्ताहरूको स्वतन्त्रता सीमित गर्न प्रयास गर्नेहरू हुनेछन्। हामी विश्वास गर्दछौँ कि समुदायले समग्र रूपमा यी लाइसेन्सिङ स्वतन्त्रताहरूलाई बचाउने, सहायता र समर्थन गर्ने कुरामा ध्यान केन्द्रित गर्नेहरूलाई, तिनबाट जोगिन वा बच्ने प्रयास गर्नेहरूभन्दा बढी सम्मान र पुरस्कार दिनेछ।
वर्डप्रेस समुदायले जोड दिनु पर्छ कि जिपिएलका स्वतन्त्रताहरूले उच्च गुणस्तर सफ्टवेयर प्रदान गर्न मद्दत गर्दछ।