Title: ब्लकहरू
Author: WordPress.org
Published: डिसेम्बर 1, 2025

---

# ब्लकहरू

ब्लक कम्पोनेन्टहरू। कोड छैन। केवल क्लिक गर्नुहोस् र सामग्री सम्मिलित गर्नुहोस्।

![](https://wordpress.org/files/2024/05/blocks-feature-1.png)

## कुनै सीमा बिना निर्माण गर्नुहोस्

वेबको धेरै भागलाई शक्ति प्रदान गर्ने प्रविधि सिक्न यसअघि कहिल्यै यति सजिलो भएको 
थिएन। ब्लकहरूले तपाईँलाई कुनै पनि सामग्रीसँग, कोड सहित वा बिना, दृश्य रूपमा अन्तरक्रिया
गर्न अनुमति दिन्छन्—समृद्ध लेआउटहरू, अन्तरक्रियात्मक अनबोर्डिङ, र अन्तहीन विस्तारयोग्यतामा
इन्धन खन्याउँदै। जति विकासका लागि शक्तिशाली छन्, उति नै डिजाइनका लागि पनि, तर अझै
पनि नयाँ प्रयोगकर्ताहरूका लागि पर्याप्त सहज छन्।

[ब्लक सिर्जना गर्नुहोस्](https://developer.wordpress.org/block-editor/getting-started/create-block/)

[ब्लक डाइरेक्टरी ब्राउज गर्नुहोस्](https://ne.wordpress.org/plugins/browse/block/)

![](https://wordpress.org/files/2023/08/block-paragraph.png)

अनुच्छेद

![](https://wordpress.org/files/2023/08/block-heading.png)

हेडिङ

![](https://wordpress.org/files/2023/08/block-media-text.png)

मिडिया

![](https://wordpress.org/files/2023/08/block-image.png)

तस्बिर

![](https://wordpress.org/files/2023/08/block-video.png)

भिडियो

![](https://wordpress.org/files/2023/08/block-audio.png)

अडियो

![](https://wordpress.org/files/2023/08/block-columns.png)

कोलमहरू

![](https://wordpress.org/files/2023/08/block-file.png)

फाइल

## वर्डप्रेसको गोप्य शक्ति

ब्लकहरू वर्डप्रेसको भिजुअल आधार हुन्, र तपाईँको साइटको हरेक भाग सिर्जना र व्यवस्थापन
गर्न प्रयोग गर्न सकिन्छ। तिनीहरू तपाईँले सोचेको भन्दा अझ सजिला छन्। ब्लक कसरी सम्पादन
गर्नुहुन्छ भनेर सिक्नुहोस् र त्यसरी नै वर्डप्रेसको सबै प्रयोग गर्न सिक्नुहोस्—कोड
लेख्नुपर्ने आवश्यकता बिना। प्रेरणाका लागि, सोकेसमा अरूले वर्डप्रेसबाट के गरेका छन्
भनेर हेर्नुहोस्।

[सोकेस अन्वेषण गर्नुहोस्](https://wordpress.org/showcase/)

![](https://wordpress.org/files/2024/05/patterns-collage.jpg)

## सम्पूर्ण रचनात्मक नियन्त्रण

वर्डप्रेस सम्पादक एक साधारण ड्र्याग-एन्ड-ड्रप इन्टरफेसको लागि भिजुअल क्यानभासमा 
तपाईंको ब्लकहरू सम्मिलित गर्न, रूपान्तरण गर्न, शैली, र सार्नको लागि पूर्वनिर्धारित
तरिका हो।

[ब्लकहरू प्रत्यक्ष रूपमा अजमाउनुहोस्](https://ne.wordpress.org/gutenberg?output_format=md)

    ```wp-container-content-0733e5d0
    registerBlockType( 'your-first-block/hello-world', {
        edit: function () {
            return <p>Hello world (from the editor)</p>;
        },
        save: function () {
            return <p>Hello world (from the frontend)</p>;
        },
    } );
    ```

नमस्ते संसार (सम्पादकबाट)

## आफ्नै सिर्जना गर्नुहोस्

यदि तपाईँको आवश्यकताअनुसार उपयुक्त ब्लक फेला पार्न सक्नुहुन्न भने, आफ्नै ब्लक सिर्जना
गर्नुहोस्। ब्लक सिर्जना गर्नु React कम्पोनेन्ट बनाउनुजत्तिकै सरल छ। तपाईँको सिर्जनालाई
द्रुत रुपमा सुरु गर्न `@wordpress/create-block` प्याकेज प्रयोग गर्नुहोस्।

[ब्लक सिर्जना गर्नुहोस्](https://developer.wordpress.org/block-editor/getting-started/tutorial/)

## ब्लकमा नयाँ के छ हेर्नुहोस्

नवीनतम प्रमुख वर्डप्रेस संस्करणमा तपाईँले प्रयोग गरिरहनु भएको ब्लक सुधार गर्न र 
समग्र साइट निर्माण अनुभव उन्नत गर्न सक्ने अपडेटहरू समावेश छन्। हालको रिलीजमा उपलब्ध
सुविधाहरूका बारेमा थप विवरण प्राप्त गर्नुहोस्।

[नवीनतम वर्डप्रेस रिलिज पत्ता लगाउनुहोस्](https://wordpress.org/7.0)

![](https://wordpress.org/files/2024/07/6-6-whats-new-i1.png)

## केवल सुरुवात मात्र

जब ब्लकहरू आफैंमा शक्तिशाली हुन्छन्, तिनीहरू त्यसमात्र सीमित हुँदैनन्, बरु अझ ठूलो
संरचनाको हिस्सा भएर विभिन्न तरिकाले संयोजन वा प्रयोग गर्न सकिन्छ। एकीकृत र खुला 
सिन्ट्याक्सका रूपमा, तिनीहरू सम्पादकहरू, ब्राउजरहरू र एआईले समेत सजिलै बुझ्न सक्छन्।
त्यसैले जो कसैले सम्पादन गरिरहनु भएको छ, उहाँले चाँडै र सजिलै जीवन्त, व्यक्तिगत 
डिजाइन र अनुभवहरू सिर्जना गर्न सक्नुहुन्छ।

[कस्टम ब्लकहरू सिर्जना गर्नुहोस्](https://developer.wordpress.org/block-editor/getting-started/create-block/)

[ब्लक प्याटर्नहरू डिजाइन गर्नुहोस्](https://ne.wordpress.org/patterns/?output_format=md)

[ब्लक थिम बनाउनुहोस्](https://developer.wordpress.org/themes/block-themes/)

[ब्लक निर्माण गर्नुहोस् ](https://developer.wordpress.org/block-editor/how-to-guides/platform/custom-block-editor/)