वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ?
तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्।
यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ।
लगभग तीन वर्षपछि फेरी वर्डप्रेसलाई १००% नेपालीमा अनुवाद गरिएको छ । यो भन्दा पहिले वर्डप्रेस ४.० संस्करण शत प्रतिशत नेपलीमा उपलब्ध थियो भने पछिल्लो समय त्यहि अनुरुप ४.७ लाई अघि बढाइएको थियो र अहिले नेपालीमा वर्डप्रेस चलाउन खोज्नेका लागि ४.८ संस्करणलाई पनि तयारी अवस्थामा राखिएको छ ।मूलतः वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु, नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु तथा नेपालीमा व्यक्तिगत ब्लगहरु पोस्ट गर्ने पोर्टलहरुलाई लक्षित गरेर अनुबाद गरिएको पछिल्लो संस्करणमा वर्डप्रेसका प्राविधिक शब्दहरु बाहेकका शब्द/वाक्यहरु सकेसम्म नेपाली बोलीचालीका लवजहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।
नेपाली अनुवादक टिमको यो सफलतालाई वर्डक्याम्प काठमाडौँ २०१७ को अबसरमा पनि बिशेष उपलब्धिको रुपमा उल्लेख गरिएको थियो । कार्यक्रमको स्वागत् भाषणबाटै सुरु गरिएको बधाई प्रक्रिया, नेपालमा वर्डप्रेस सुरुवातकर्ता एवम् वर्डक्याम्प काठमाडौँ २०१७ वक्ता मध्येका एक सकिन श्रेष्ठको पी. पी. टि स्लाइड हुँदै ग्रुप फोटोसेसन सम्म पुगेको थियो ।
यसै अवसरमा टिमका सक्रिय सम्पादक तथा अनुवादक निलाम्बर शर्माले किन वर्डप्रेसको “Giving back to the Community” स्लोगनलाई हामीले प्राथमिकतामा राख्नु पर्छ र ऊनीलगायतका टिमले कसरी आफुलाई एक असल योग्दनकर्ताका रुपमा प्रस्तुत् गरिरहेका छन् भन्ने कुरा समेत मन्चबाट राख्ने मौका पाएका थिए ।
यो संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्मा (Nilambar Sharma), शिव शंकर भट्ट (Sh Shanker), मनिष प्याठ (Manish Pyatha), हेमराज अधिकारी (Hemraj Adhikari) र सुदीप बल्छौडी (Sudeep Balchhaudi) शीर्ष ५ सक्रिय अनुवादकहरुका रुपमा छन् भने नयाँ योगदनकर्ताहरुको संलग्नता पनि उत्तिकै बढ्दो देखिन्छ |
हामी वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा अनुवाद गर्न सफल भएका छौं । कैयौ अनुवाद योगदानकर्ताहरुको सहयोगमा हामी यो स्थानसम्म आइपुगेका हौं । अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरु तथा अनुवादमा सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुलाई धन्यवाद ।
यस अघि लगभग तीन वर्ष अगि वर्डप्रेस ४.० रिलिज हुदाँ नेपाली अनुवाद सत प्रतिशत थियो । त्यस पछि केहि सुस्ताएको अनुवाद प्रोजेक्ट हामीले केहि महिना अघि म लगायत केहि साथीहरु मिलेर यसलाई पुन अगाडी बढाउने निर्णय गरेका थियौ । त्यसै अनुरुप लगातार अनुवादलाई सुचारु गर्न साप्ताहिक मिटिङ्ग लगायत अनुवाद दिवस जस्ता कार्यक्रम आयोजना हुदै आएको थियो । त्यसैको फल स्वरुप अहिले वर्डप्रेस ४.७ पूर्ण रुपमा अनुवादित भएको छ भने अर्को महिना रिलिज हुने वर्डप्रेस ४.८ को तयारी पनि पुरा भैसकेको छ । यस प्रोजेक्टलाई भविष्यमा पनि अगाडी बढाई राख्न यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।
सुखद खबर । नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध भएको छ। वर्डप्रेसको प्रशासन प्यानलमा गएर सेटिङ्ग -> साधारण मा जानुहोस् । त्यहाँ साइट भाषा विकल्पमा तपाईंले नेपाली विकल्प भेटाउनुहुनेछ ।
पोलीग्ल्ट टिमले हालसालै एक निर्णय गरी ८०% भन्दा माथी सम्पन्न भएका अनुवादहरुको वर्डप्रेस भाषा प्याक रिलिज गर्ने काम गरेको छ । अहिलेको अवस्थामा हामी ८४% मा छौं ।