बेटा/रात्रिक
अस्थिर बेटा संस्करणहरू
यदि तपाईं पिएचपीमा निपुण हुनुहुन्छ र हाम्रो विकास चक्रको परीक्षणमा भाग लिन चाहनुहुन्छ र फेला परेका बगहरू रिपोर्ट गर्न चाहनुहुन्छ भने बेटा रिलीजहरू तपाईँको लागि उपयुक्त हुनसक्छ।
यसको प्रकृतिका कारण यी रिलीजहरू अस्थिर हुन्छन् र जहाँ तपाईँको डाटा महत्वपूर्ण हुन्छ त्यहाँ कुनै पनि स्थानमा प्रयोग गर्नु हुँदैन। बेटा रिलीजमा अपडेट गर्नु अघि कृपया तपाईँको डाटाबेसको ब्याकअप गर्नुहोस्। नवीनतम बेटा रिलीजहरूबारे सुन्न, उत्तम विकल्प विकास ब्लग र बेटा फोरम हेर्नु हो।
तपाईँले बेटा रिलीजहरू पृष्ठमा नवीनतम बेटा रिलीजहरू फेला पार्न सक्नुहुन्छ।
रात्रिक निर्माणहरू
वर्डप्रेसको विकास एकदम चाँडो चल्छ र दिन प्रतिदिन चिजहरू जति पटक बिग्रन्छ उति नै फिक्स हुन्छन्। यो उच्च मन्थन हाम्रो विकास प्रक्रियाको एक हिस्सा हो जसले सम्भवतः सबैभन्दा स्थिर रिलीजहरू उत्पादन गर्ने लक्ष्य राख्छ।
यदि तपाईँ यस प्रक्रियाको हिस्सा बन्न चाहनुहुन्छ भने, सुरु गर्नको लागि सबैभन्दा राम्रो ठाउँ बेटा परीक्षण ह्यान्डबुक हो।