सबै सम्पादन गर्नुहोस्

६.३ ले तपाईँको टेम्प्लेट, सामग्री र प्याटर्नहरू सबैलाई एकै ठाउँमा राख्छ। अब तपाईँ साइट सम्पादकलाई कहिल्यै नछोडिकन यहीँबाटै साइट निर्माण सम्पन्न गर्न सक्नुहुन्छ।

सामग्री

तपाईँको पृष्ठ र टेम्प्लेट, सँगै

तपाईँको टेम्प्लेटलाई हेरेर साइट सम्पादक भित्रबाट पृष्ठहरू सिर्जना गर्नुहोस्, ब्राउज गर्नुहोस् र सम्पादन गर्नुहोस्।

पृष्ठहरू ब्राउज गर्नुहोस्

साइट सम्पादक नछोडिकन पृष्ठहरू हेर्नुहोस्, फेला पार्नुहोस् र सम्पादन गर्नुहोस्।

पेज स्न्यापसट प्राप्त गर्नुहोस्

उच्च-स्तर पृष्ठ जानकारी, सेटिङहरू, र थप हेर्नुहोस्।

निर्बाध रूपमा स्विच गर्नुहोस्

अब सम्पादकमा आफ्नो सामग्री र टेम्प्लेट सम्पादन गर्नुहोस्, तिनीहरू बीच सजिलै स्विच गर्नुहोस्।

छिटो प्रकाशित गर्नुहोस्

अब तपाईँ एक वा धेरै पृष्ठहरू साइट सम्पादक भित्रैबाट प्रकाशित गर्न सक्नुहुन्छ।

नयाँ सुविधा

‘कमान्ड प्यालेट’ सँग परिचय गर्नुहोस्

नयाँ ‘कमान्ड प्यालेट’ ले तपाईँको साइट खोज्न र आम कमान्डहरू पहुँच गर्न द्रुत तरिका प्रदान गर्छ।

कुनै पनि कुरा फेला पार्नुहोस्

नयाँ ‘कमान्ड प्यालेट’ ले तपाईँको सम्पादक रोजाइहरू खोज्न र आम कमान्डहरू पहुँच गर्न द्रुत तरिका प्रदान गर्छ।

कार्यहरू द्रुत रूपमा स्विच गर्नुहोस्

पृष्ठहरू, पोस्टहरू, टेम्प्लेटहरू वा प्याटर्नहरू बीचको सम्पादनमा स्विच गर्नलाई पहिले भन्दा बढी प्रभावकारी बनाउनुहोस्।

प्याटर्नहरू

तपाईँका सबै प्याटर्नहरू एकै ठाउँमा

नयाँ प्याटर्न पृष्ठ त्यो हो जहाँ तपाईँ टेम्प्लेट भागहरू र सिङ्क गरिएका प्याटर्नहरू* सहित आफ्ना सबै प्याटर्नहरू व्यवस्थापन गर्न सक्नुहुन्छ।

ब्राउज गर्नुहोस्

तपाईँको सबै साइटका प्याटर्नहरू एकसाथ कस्तो देखिन्छन् भनेर बुझ्नुहोस्।

सिर्जना गर्नुहोस्

तिनीहरूलाई पृष्ठमा थप्नु अघि अलग्गै नयाँ प्याटर्नहरू बनाउनुहोस्।

व्यवस्थापन गर्नु

सम्पादन गर्नु अघि प्रयोग नगरिएका प्याटर्नहरू हटाउनुहोस् वा अवस्थित डुप्लिकेट गर्नुहोस्।

सिङ्क

सिङ्क गरिएका प्याटर्नहरू* प्रयोग गर्नुहोस् ताकि एउटा परिवर्तन तपाईँको साइटको सबै भागहरूमा लागू हुन्छ।

कार्यसम्पादन

बिजुली गति

सर्भर स्रोतहरूको कुशल उपयोगले साइट छिटो र आगन्तुक अनुभव राम्रो बनाउँछ।

एलसिपी समयका आधारमा ६.२.२ भन्दा ६.३ २४% छिटो छ

१७०+ कार्यसम्पादन अपडेटहरू

६.३ ले स्क्रिप्ट एपिआईको लागि समर्थन र तस्बिरहरूको लागि फेचप्रायोरिटी समर्थन थप्छ।

सुधारिएको लोड समय

ब्लक टेम्प्लेट रिजोल्युसन, तस्बिर लेजी-लोडिङ र इमोजी लोडर सबै छिटो हुन्छ।

अझै धेरै

४००+ बग समाधानहरू
५००+ सुधारहरू

५०० भन्दा बढी नयाँ सुविधाहरू र संवर्द्धनहरू र ४०० भन्दा बढी बग समाधानहरूसँग, यो रिलीज वर्डप्रेस अनुभवमा सुधारहरूले भरिएको छ।

शीर्ष टुलबार पुन: पत्ता लगाउनुहोस्

ब्लक सम्पादकको स्क्रिनसट, पाठको साथ, "हेलो, वर्डप्रेस", र नयाँ शीर्ष टुलबार विकल्प सक्षम गरिएको।

विवरण ब्लकसँग सामग्री देखाउनुहोस् वा लुकाउनुहोस्

छविहरूमा पक्ष अनुपात सेट गर्नुहोस्

१६:९, ४:३, र १:१ को पक्ष अनुपात जनाउने वर्ग बक्सहरू देखाउने सार तस्बिर।

‘साइट सम्पादक’मा मेनुहरू अझ सजिलै व्यवस्थापन गर्नुहोस्

ड्र्याग र ड्रप कार्य चलिरहेको अमूर्त मेनु व्यवस्थापन देखाउने स्क्रिनसट।

स्टाइल संशोधनहरू ट्र्याक गर्नुहोस् र उल्टाउनुहोस्

ब्लक सम्पादकको क्रप गरिएको स्क्रिनसट, दृश्यात्मक स्टाइलहरूको लागि संशोधन इतिहास देखाउँदै।

विकर्षण मुक्त भएर आफ्नो साइट निर्माण गर्नुहोस्

"टाइप गर्न सुरु गर्नुहोस्..." प्रम्प्टको स्क्रिनसट

फुटनोट ब्लकले ब्याख्या गर्नुहोस्

फुटनोट ब्लकको स्क्रिनसट जहाँ निम्न पाठ छ: १. वर्डप्रेसको सुरुवात २००३ मा भयो जब माइक लिटल र म्याट मुलन्वेगले बि२/क्याफेलगको फोर्क सिर्जना गरे। एक सुरुचिपूर्ण र सुगठित व्यक्तिगत प्रकाशन प्रणालीको आवश्यकता त्यतिबेला पनि स्पष्ट थियो। आज वर्डप्रेस पिएचपी र माइएसक्युएलमा बनाइएको छ र जिपिएल भि२ अन्तर्गत लाइसेन्स दिइएको छ। यो वेबमा रहेका सबै साइटहरूको ४३% भन्दा बढीको रोजाइको प्लेटफर्म पनि हो।

सक्रिय गर्नु अघि ब्लक थिमहरू पूर्वावलोकन गर्नुहोस्

ब्लक थिम ,ट्वेन्टी ट्वेन्टी-थ्री, को क्रप गरिएको स्क्रिनसट, सेतो पृष्ठभूमिमा गाढा अक्षर।

*सिङ्क गरिएका प्याटर्नहरूलाई पहिले “पुन: प्रयोज्य ब्लकहरू” भनिन्थ्यो।