एक रिलीज स्टाइल का साथ

तपाईँका विचारहरूलाई वर्डप्रेस ६.४ को साथ निर्बाध रूपमा आकार दिन दिनुहोस्। नयाँ, बहुमुखी पूर्वनिर्धारित थिम पत्ता लगाउनुहोस् र तपाईँको रचनात्मक यात्राको प्रत्येक चरणलाई सशक्त बनाउन अपग्रेडहरूका सुविधाहरू पाउनुहोस्।

ट्वेन्टी ट्वेन्टी-फोर थिमको क्रप गरिएका स्क्रिनसटहरू, विशेष गरी RSVP पूर्ण पृष्ठ प्याटर्न देखाउँदै।

‘ट्वेन्टी ट्वेन्टी-फोर’ लाई
हेलो भन्नुहोस्

ट्वेन्टी ट्वेन्टी-फोर एक सुरुचिपूर्ण, बहुमुखी पूर्वनिर्धारित थिम हो जुन लेखकहरू र कलाकारहरूदेखि उद्यमीहरूसम्म, फरक प्रयोगका केसहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यसको प्याटर्न र लचिलोपनको विस्तृत लाइब्रेरीले यसलाई रचनात्मक र व्यावसायिक आवश्यकताहरूको विस्तृत दायराको लागि आदर्श विकल्प बनाउँछ।

आफ्नो लेखन उद्यम सुरु गर्नुहोस्

गृहपृष्ठ, एकल पोस्टहरू र अभिलेख टेम्प्लेटहरूको लागि ढाँचाहरूको ट्वेन्टी ट्वेन्टी-फोरको सङ्ग्रह अन्वेषण गर्नुहोस्। तपाईँको शैली अनुरूप एक अद्वितीय ब्लग सिर्जना गर्न सुरूवात बिन्दुको रूपमा तिनीहरूलाई प्रयोग गर्नुहोस्।

आफ्नो काम प्रदर्शन गर्नुहोस्

तपाईंको रचनात्मक परियोजनाहरू हाइलाइट गर्न र तपाईंको सम्भावित ग्राहकहरूलाई प्रेरित गर्न विभिन्न क्युरेट गरिएको पोर्टफोलियो, प्रशंसापत्र, र टोली ढाँचाहरूको साथ समय र प्रयास बचत गर्नुहोस्।

ट्वेन्टी ट्वेन्टी फोर थिमको क्रप गरिएका स्क्रिनसटहरू।

३५ भन्दा बढी राम्ररी बनाइएका प्याटर्नहरू पत्ता लगाउनुहोस्

कुनै पनि प्रकारका पृष्ठहरू रचना गर्नको लागि विषयवस्तुको विविध ढाँचा र टेम्प्लेटहरूको पुस्तकालयको फाइदा लिनुहोस् — र तपाईंको साइट-निर्माण प्रक्रियालाई सुव्यवस्थित गर्नुहोस्।

सिँढीहरू माथि हिडिरहेको व्यक्तिसँग माथिबाट देखिने काठको सिँढीको सजावटी तस्बिर।

अद्वितीय डिजाइनहरूको लागि समूह ब्लकहरूमा नयाँ पृष्ठभूमि तस्बिरहरूसँग खेल्नुहोस्