Title: स्रोत कोड
Author: WordPress.org
Published: डिसेम्बर 1, 2025

---

# स्रोत कोड

यदि तपाईँ वर्डप्रेस स्रोत र इनलाइन दस्तावेज हेर्न चाहनुहुन्छ भने, त्यहाँ [उपयुक्त डेभलपर सन्दर्भ](https://developer.wordpress.org/reference/)
र [कोड ब्राउजर](https://core.trac.wordpress.org/browser/) छ। तपाईँले [सबभर्सनमार्फत योगदान गर्ने](https://make.wordpress.org/core/handbook/contribute/svn/)
र [गिटमार्फत योगदान गर्ने](https://make.wordpress.org/core/handbook/contribute/git/)
गाइडहरू पनि फेला पार्न सक्नुहुन्छ।

जिएनयू जनरल पब्लिक लाइसेन्स संस्करण २ (वा पछि) [लाइसेन्स प्राप्त](https://wordpress.org/about/license/)
वर्डप्रेसको स्रोतलाई [अनलाइन](https://build.trac.wordpress.org/browser) अथवा सबभर्सन
वा गिटमा हेर्न सकिन्छ:

 * सबभर्सन: `https://core.svn.wordpress.org/`
 * गिट मिरर: `git://core.git.wordpress.org/`

WordPress ले मूल JavaScript फाइलहरूलाई UglifyJS प्रयोग गरेर र CSS लाई clean-css 
प्रयोग गरेर, यी सबै कार्यहरूलाई [Grunt](https://gruntjs.com/) JavaScript-आधारित 
टास्क रनरमार्फत सानो (minify) बनाउँछ। यी फाइलहरूको un-minified संस्करण समावेश भएको
विकास स्रोत, बिल्ड स्क्रिप्टहरू सहित, [अनलाइन ब्राउज](https://core.trac.wordpress.org/browser)
गर्न वा Subversion वा Git प्रयोग गरेर स्थानीय रूपमा checkout गर्न सकिन्छ:

 * सबभर्सन: `https://develop.svn.wordpress.org/`
 * गिट मिरर: `git://develop.git.wordpress.org/`

वर्डप्रेसमा समावेश गरिएका कुनै पनि प्रोग्राम बाइनरीहरू वा न्यूनीकृत बाह्य स्क्रिप्टहरूको
स्रोत कोड हाम्रो [स्रोत रिपजिटरी](https://code.trac.wordpress.org/browser/wordpress-sources)
बाट स्वतन्त्र रूपमा प्राप्त गर्न सकिन्छ।