वर्डप्रेस क्याम्पस कनेक्ट
वर्डप्रेस इकोसिस्टमसँग क्याम्पसहरूलाई जोड्ने व्यवहारिक सिकाइ
पहलका बारेमा
वर्डप्रेस क्याम्पस कनेक्ट एउटा ग्लोबल शिक्षण पहल हो जसले प्रत्यक्ष अभ्यासमार्फत वर्डप्रेसको अनुभव क्याम्पसहरू र सामुदायिक स्पेसहरूमा लगायत ल्याउँछ। कार्यक्रममा विद्यार्थीहरूले वास्तविक परियोजनाहरूमा काम गर्ने, आवश्यक वर्डप्रेस सीपहरू सिक्ने, र मेन्टरहरू तथा योगदानकर्ताहरूको सहयोग र समर्थनका साथ भविष्यका करिअर मार्गहरू अन्वेषण गर्ने सरल र लचिलो ढाँचा प्रदान गरिएको हुन्छ।

कार्यक्रमको प्रभाव
वर्डप्रेस क्याम्पस कनेक्ट विस्तार हुँदै गएको छ — यहाँ अहिलेसम्म हासिल गरिएको प्रगतिको एक झलक प्रस्तुत गरिएको छ।
42
पूरा भएका कार्यक्रमहरू
71
सहभागी संस्थाहरू
5,586+
विद्यार्थीहरू पुगे
यसले कसरी काम गर्छ
कार्यक्रमहरूलाई आधा दिन वा पुरै दिनका कार्यशाला रूपमा आयोजना गरिन्छ जहाँ विद्यार्थीहरूले वेबसाइट निर्माणमा प्रत्यक्ष प्रशिक्षण प्राप्त गर्छन् र वर्डप्रेस इकोसिस्टममा उनीहरूले कसरी योगदान गर्न र त्यसभित्र वृद्धि गर्न सक्ने अनेकौँ तरिकाहरू पत्ता लगाउँछन्।
को आयोजक बन्न सक्छ
शैक्षिक संस्थासँग सम्बन्धित जो कोहीले पनि क्याम्पस कनक्ट कार्यक्रम आयोजना गर्न सक्नुहुन्छ, पहिलेदेखि कुनै अनुभव आवश्यक छैन। यदि तपाईँ विद्यार्थीहरूलाई व्यावहारिक वर्डप्रेस सीप सिक्न सहयोग गर्न चाहनुहुन्छ भने, सहभागी हुन स्वागत छ।
सहभागी संस्थाहरू




वर्डप्रेस क्याम्पस कनेक्टको प्रभाव
विद्यार्थीहरूले व्यवहारिक अनुभव प्राप्त गर्दा आयोजकहरूले आफ्नो समुदायमा मूल्यवान सिकाइका अवसरहरू ल्याउँछन्।
आयोजकहरूका लागि
- तपाईँको संस्था/संस्थामा उच्च प्रभाव पर्ने सिकाइ अनुभव ल्याउनुहोस्
- आधुनिक डिजिटल सीपहरूद्वारा समुदायिक परिवेश समृद्ध गर्नुहोस्
- वर्डप्रेस शिक्षा टिमबाट सहायता र मार्गदर्शन प्राप्त गर्नुहोस्
- आफ्नो संस्थालाई ग्लोबल वर्डप्रेस इकोसिस्टमसँग जडान गर्नुहोस्
सहभागीहरूका लागि
- वास्तविक वर्डप्रेस परियोजनाहरू निर्माण गर्नुहोस् र व्यावहारिक डिजिटल सीपहरू विकास गर्नुहोस्
- अनुभवी योगदानकर्ताहरूबाट सिक्नुहोस् र करियर मार्गहरू अन्वेषण गर्नुहोस्
- व्यावहारिक अभ्यास र सहकार्यमार्फत आत्मविश्वास बढाउनुहोस्
- सहृदयी ग्लोबल खुला स्रोत समुदायसँग जोडिनुहोस्
कथा र हाइलाइटहरू

यस कार्यक्रममा विद्यार्थीहरूलाई बहुमूल्य परिचय र व्यवहारिक सीपहरू मात्रै प्रदान गरिएन, बरु मेरा जस्तै कामकाजी व्यावसायिकहरूलाई मेन्टर, नेता र ट्युटरका रूपमा विकास हुने अवसर पनि उपलब्ध गराइयो।

हार्दिक शर्मा
सहजकर्ता, WPCC अजमेर
"म विश्वास गर्छु कि यिन ठाउँहरू जीवनमा एकपटक मात्र आउने अवसरहरू हुन्, र म यसबाट अधिकतम लाभ उठाउनेछु।"

आन्द्रेस पार्रा
विद्यार्थी, CIFP सांता क्याटालिना
"केवल केही घण्टामै विद्यार्थीहरूले वास्तविक, व्यावहारिक सीप प्राप्त गरेको हेर्नु साँच्चिकै प्रेरणादायक थियो।"

सतीश प्रजापति
आयोजक, डब्ल्यूपीसीसी अजमेर
हामी एक्काइसौं शताब्दीमा छौँ, यो हाम्रो ज्ञान स्तरवृद्धि गर्ने समय हो, र हाम्रा सबै विद्यार्थीहरूलाई प्रतिभामा रूपान्तरण गर्दै उनीहरूको सीप स्तरवृद्धि गरिदिनुभएकोमा म टिमलाई धन्यवाद दिन्छु।

श्री श्रीनाथ पाइ
प्रिन्सिपल, एसजीएस कलेज, भट्कल
“वास्तविक सीपहरूमा केन्द्रित, आत्मविश्वास विकास गर्ने र व्यावहारिक ज्ञान प्रदान गर्ने, जसले साँच्चिकै प्रभाव पार्ने, साँच्चिकै मूल्यवान अनुभव।”

सिफोन कर्मकार
आयोजक, WPCC ब्राह्मनबारिया
विद्यार्थी सोकेस
विद्यार्थीहरूले आफ्नो सिकाइ यात्राको क्रममा बनाएका केही परियोजनाहरूको बारेमा जान्नुहोस्।
छिट्टै आउँदै
संलग्न हुने तरिका
कार्यक्रम आयोजना गर्नुहोस्
आफ्नो शैक्षिक समुदायमा आफ्नै संस्थामा वर्डप्रेस क्याम्पस कनेक्ट कार्यक्रम आयोजना गरेर वास्तविक प्रभाव पार्नुहोस्। यो विद्यार्थीहरूलाई व्यवहारिक सीप विकास गर्न, पेशागत अवसरहरूको खोजी गर्न, र ग्लोबल वर्डप्रेस समुदायसँग जोडिन सहयोग गर्ने उत्कृष्ट उपाय हो।
विद्यार्थीको रूपमा सहभागी हुनुहोस्
तपाईँको क्याम्पसमा वर्डप्रेस क्याम्पस कनेक्ट कार्यक्रम आयोजना गर्ने बारेमा तपाईँका शिक्षकहरू र संकायसँग सम्पर्क गर्नुहोस्, र यो कार्यक्रमले तपाईँ र तपाईँका सहविद्यार्थीहरूले वास्तविक वर्डप्रेस परियोजनाहरू बनाउन र तपाईँको पोर्टफोलियो र भविष्यको करियरलाई मजबुत पार्ने व्यावहारिक सीपहरू विकास गर्न कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा साझा गर्नुहोस्।
कार्यक्रम प्रायोजन गर्नुहोस्
क्याम्पस कनेक्तलाई समर्थन गरेर वर्डप्रेसको भविष्य निर्माण गर्न सहयोग गर्नुहोस्। तपाईँको योगदानले विद्यार्थीहरूलाई वर्कसप, मेन्टरशिप र नेटवर्किङ अवसरहरूमा पहुँच उपलब्ध गराउँछ, जसले उनीहरूलाई व्यावहारिक सीप विकास गर्न र वर्डप्रेस इकोसिस्टमभित्र वृद्धि गर्न सहयोग गर्दछ।
समुदायमा जोडिनुहोस्
आफूजस्तै अरू आयोजकहरू, विद्यार्थीहरू र प्रायोजकहरूसँग विचारहरू साटासाट गर्न, सहकार्य गर्न र निरन्तर सम्पर्कमा रहनका लागि #campusconnect स्ल्याक च्यानलमा सहभागी हुनुहोस्।
यदि तपाईँसँग अझै पनि प्रश्नहरू छन् वा थप विवरणहरू चाहनुहुन्छ भने, तपाईँले यस ह्यान्डबुक मा सबै कुरा फेला पार्न सक्नुहुन्छ।