WordPress.org

शिक्षा

विद्यार्थी क्लबहरू

वर्डप्रेस विद्यार्थी क्लबहरू

विद्यार्थीहरूलाई क्याम्पसभित्र वर्डप्रेस समुदायहरू निर्माण गर्न सशक्त पार्दै

यस पहलमा किन सहभागी हुने

वर्डप्रेस विद्यार्थी क्लबको हिस्सा हुनु भनेको वर्डप्रेस समुदायभित्र सिक्न, जोडिन र नेतृत्व लिन अर्थपूर्ण अवसरहरू खोल्नु हो। तलको बटन प्रयोग गरी नजिकैको विद्यार्थी क्लब फेला पार्नुहोस्।

सिक्नुहोस् र अघि बढ्नुहोस्

वर्कसप, अध्ययन समूह, र वास्तविक परियोजनाहरू मार्फत वर्डप्रेसको व्यावहारिक अनुभव प्राप्त गर्नुहोस्, चाहे तपाईँले प्रारम्भिक क्याम्पस कनेक्ट कार्यक्रम छुटाउनु भएको भए पनि।

नेतृत्व र आयोजना गर्नुहोस्

विद्यार्थी संयोजकको रूपमा पहल गर्नुहोस्, नेतृत्व सीप विकास गर्नुहोस्, र आफ्नो स्थानीय क्याम्पसभित्रको वर्डप्रेस समुदाय विकास गर्न सहयोग गर्नुहोस्।

संलग्न हुनुहोस् र जोडिनुहोस्

मासिक मिटअपहरू, सहकार्य सत्रहरू, र आवर्ती वर्डप्रेस क्याम्पस कनेक्ट गतिविधिहरू जस्ता नियमित कार्यक्रमहरू आयोजन गर्नुहोस् जसले तपाईँको समुदायलाई सक्रिय र प्रेरित राख्छन्।

संलग्न हुने तरिका

विद्यार्थी क्लब दर्ता अनुरोध

आवेदन गर्नु अघि, यहाँ जाँच गर्नुहोस् कि तपाईँको क्याम्पसमा पहिले नै कुनै क्लब छ वा यसअघि क्याम्पस कनेक्ट कार्यक्रममा सहभागी भइसकेको छ कि छैन। यदि तपाईँ आफ्नो क्लब सुरु गर्न तयार हुनुहुन्छ भने, तलको बटन प्रयोग गरेर नयाँ क्लब अनुरोध पेस गर्न सक्नुहुन्छ। सुरु गर्नका लागि तपाईँलाई केवल एकजना संकाय सदस्य र दुईजना विद्यार्थी सह-नेता आवश्यक पर्छ।