विवरण
अल इन वान क्याप्चा तपाईँको वर्डप्रेस वेबसाइटको लग इन, दर्ता, पासवर्ड रिसेट र टिप्पणी फारामहरूमा क्याप्चा थप्नको लागि सबैभन्दा सरल र सजिलो तरिका हो।
यसले गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल र एचक्याप्चा समर्थन गर्दछ। तपाईँ आफ्नो आवश्यकता अनुसार गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल वा एचक्याप्चा प्रयोग गर्न सक्नुहुन्छ।
मुख्य विशेषताहरू
- गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल र एचक्याप्चा समर्थन गर्छ
- अन्तरनिर्मित क्याप्चा प्रमाणीकरण
- बहुसङ्ख्यक थिमहरू र क्याप्चा साइजहरू
- भाषा चयन (स्वत: वा म्यानुअल)
- स्वचालित तरिकाले ब्राउजर भाषा पत्ता लगाउने
- त्रुटि सन्देश कस्टमाइजेसन
अल इन वान क्याप्चा के का लागि
- लगइन फाराम
- दर्ता फाराम
- रिसेट पासवर्ड फाराम
- टिप्पणी फाराम
अल इन वान क्याप्चा प्रोका विशेषताहरू
- गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल, एचक्याप्चा, गणित क्याप्चा र स्लाइड क्याप्चा समर्थन गर्दछ
- WooCommerce फारामहरू (लगइन/रेजिष्ट्रेसन/चेकआउट/समीक्षा)
- Easy Digital Download (EDD), BuddyPress र bbPress फारामहरू
- WPForms, Contact Form 7, आदि जस्ता प्लगिनहरूको लागि काम गर्दछ
- आईपीहरूलाई श्वेतसूचीमा राख्ने
- लगइन सीमा थप्छ र लगइन प्रयास प्रतिबन्ध गर्छ
- नक्कली प्रयोगकर्ताहरूलाई बन्देज गर्छ
- प्रयोगकर्ताहरूलाई युजरनेमको आधारमा ब्लक गर्छ
- प्रशासकहरूको लागि गोप्य पुनर्प्राप्ति युआरएल
तेस्रो पक्ष सेवाहरू
स्क्रिनसटहरू
स्थापना
वर्डप्रेस ड्यासबोर्ड प्रयोग गरेर
- प्लगिन ड्यासबोर्डमा ‘नयाँ थप्नुहोस्’ मा जानुहोस्
- आफ्नो कम्प्युटरबाट ‘all-in-one-captcha.zip’ चयन गर्नुहोस्
- अपलोड
- वर्डप्रेस प्लगिन ड्यासबोर्डमा प्लगिन सक्रिय गर्नुहोस्
एफटीपी प्रयोग गरेर
- आफ्नो कम्प्युटरमा ‘all-in-one-captcha.zip’ एक्स्ट्र्याक्ट गर्नुहोस्
- आफ्नो ‘wp-content/plugins’ डाइरेक्टरीमा ‘all-in-one-captcha’ डाइरेक्टरी अपलोड गर्नुहोस्
- वर्डप्रेस प्लगिन ड्यासबोर्डमा प्लगिन सक्रिय गर्नुहोस्
प्रश्नोत्तर
-
यो प्लगिनले कुन क्याप्चा समर्थन गर्छ?
-
यसले गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल र एचक्याप्चा समर्थन गर्दछ।
-
के यो प्लगिनले टिप्पणी फाराममा क्याप्चा थप्छ?
-
हो, यसले टिप्पणी फाराममा क्याप्चा थप्छ।
-
के म एउटा फाराममा गुगल रिक्याप्चा र अर्कोमा एचक्याप्चा प्रयोग गर्न सक्छु?
-
होइन, तपाईँ फरक क्याप्चा फरक-फरक फाराममा प्रयोग गर्न सक्नुहुन्न।
-
के म यो प्लगिन मेरो भाषामा प्रयोग गर्न सक्छु?
-
हो, यसलाई तपाईँले कुनै पनि भाषामा प्रयोग गर्न सक्नुहुन्छ।
-
यदि मैले गलत साइट वा गोप्य की भरें भने के हुन्छ? के म wp-admin ड्यासबोर्ड पहुँच गर्नबाट बन्द हुनेछु?
-
बिल्कुल होइन! अल इन वान क्याप्चा बिल्ट-इन की प्रमाणीकरणको साथ आउँछ। साइट र गोप्य कीहरू प्रमाणित भएपछि मात्र यसले काम गर्नेछ।
योगदानकर्ता र डेभलपरहरू
“अल इन वान क्याप्चा – गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल र एचक्याप्चा” खुला स्रोत सफ्टवेयर हो। निम्न व्यक्तिहरूले यो प्लगिनमा योगदान गरेका छन्।
योगदानकर्ताहरू“अल इन वान क्याप्चा – गुगल रिक्याप्चा, क्लाउडफ्लेयर टर्नस्टाइल र एचक्याप्चा” 20 लोकेलहरूमा अनुवाद गरिएका छन्। योगदानको लागि अनुवादकहरूलाई धन्यवाद।
विकासमा रुचि छ?
आरएसएस द्वारा कोड ब्राउज गर्नुहोस्, एसभीएन रिपजिटरी हेर्नुहोस्, वा विकास लग को सदस्यता लिनुहोस्।