वर्डप्रेस: आफ्नो स्वतन्त्रता फ्लेक्स गर्नुहोस्
वेबलाई शक्ति प्रदान गर्ने खुला स्रोत प्लेटफर्मको साथ तपाईँको व्यवसाय, तपाईँको रुचिहरू वा अन्य चिजहरूको लागि ठाउँ सिर्जना गर्नुहोस्।

सपना देख्नुहोस्, निर्माण गर्नुहोस्
ब्लकहरू प्रयोग गर्नुको सुन्दरता यही हो। तपाईँले आफ्नो सामग्री थप्दा, सम्पादन गर्दा र पुनर्व्यवस्थित गर्दा पनि तपाईँको साइट वास्तविक समयमा कस्तो देखिनेछ भन्ने कुरा हेर्नुहोस्। सहज सम्पादन, लचिलो डिजाइन टुलहरू र यो सबै व्यवस्थापन गर्न शक्तिशाली सुविधाहरूका साथ कुनै पनि प्रकारको कस्टम साइट सिर्जना गर्नुहोस्।
आफ्नो तरिकाले स्टाइल गर्नुहोस्
कल्पनालाई डिजाइनमा उतार्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा थिमहरू र प्याटर्नहरू का विस्तृत विविधताबाट छनोट गर्नुहोस्। रङ्ग र फन्टदेखि लेआउट र कार्यक्षमतासम्म हरेक चिजलाई कस्टमाइज गर्नुहोस्।
प्लग गर्नुहोस् र विस्तार गर्नुहोस्
वर्डप्रेसलाई आफूले चाहेको जस्तो बनाउनुहोस्। स्टोर, मेलिङ सूची, पोर्टफोलियो, सामाजिक फिड, एनालिटिक्स, आदि थप्नुहोस्; ५५,००० प्लगिनहरूका साथ तपाईँ अधिकारसम्पन्न हुनुहुन्छ।
आफूले बनाएको कुराको स्वामित्व लिनुहोस्
तपाईँको सामग्री, तपाईँको डिजाइन र तपाईँको डाटा सधैँ तपाईँको स्वामित्वमा हुन्छ। वर्डप्रेसको साथ तपाईँ आफ्नो कथा भन्न, आफ्नो ब्रान्ड बढाउन वा आफूलाई मन पर्ने कुराहरू गर्न स्वतन्त्र हुनुहुन्छ।
आत्मविश्वासका साथ सिर्जना गर्नुहोस्
दशकौँको अनुभवको साथ खुला स्रोत समुदायद्वारा निर्मित वर्डप्रेसलाई सकेसम्म स्थिर र सुरक्षित राख्न समुदायका जोसिला योगदानकर्ताहरू प्रतिबद्ध छन्।
एक प्लेटफार्म, सम्भावनाहरूको ब्रह्माण्ड
संसारभरबाट सुन्दर डिजाइन, प्राविधिक आविष्कार र वर्डप्रेसको असीमित शक्तिलाई हाइलाइट गर्न क्युरेट गरिएका वेबसाइट उदाहरणहरूको सङ्ग्रह पत्ता लगाउनुहोस्।









आफ्नो लागि बनाउनुहोस्,
आफैँले होइन
चाहे तपाईँ एक उद्यमी, व्यावसायिक डेभलपर वा सुरुवाती ब्लगर हुनुहुन्छ, त्यहाँ संसाधन र सिकाउने टुलहरूको लाइब्रेरी तपाईँको लागि तयार छ। साथै, तपाईँसँग सम्पूर्ण वर्डप्रेस समुदायको साथ पनि छ।

समुदाय यसको केन्द्रमा
टेक्नोलोजीको पछाडि संसारभरिबाट सहयोग गर्ने मानिसहरूको विविध समूह छ। हामी खुला स्रोतको मन्त्र र कुनै अवरोध बिना निर्माण, रूपान्तरण र साझेदारी गर्ने स्वतन्त्रताद्वारा एकताबद्ध छौँ।
कोड लेखन र परीक्षणदेखि, सामुदायिक पहुँच र अनुवादसम्म, योगदान गर्ने धेरै तरिकाहरू छन् र सबैलाई स्वागत गरिन्छ। वेबको भविष्यलाई सँगै आकार दिऔँ
वर्डप्रेसमा नयाँ के छ हेर्नुहोस्
सुरु गर्नुहोस्
तपाईँलाई सुरु गर्न आवश्यक सबै चिजहरू फेला पार्नुहोस्, प्लेटफर्म डाउनलोड गर्नुहोस्, होस्टिङ खोज्नुहोस् र अरू पनि — चाहे तपाईँको पहिलो साइट होस् वा ९१ औँ साइट।