-
शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध
के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ। सर्तहरु: साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ । साइट पूर्ण रुपमा नेपालीमा…
-
वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप
यहि आउँदो जुलाई ३१ मा जावलाखेलमा वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप आयोजना हुँदैछ । जावलाखेल स्थित निक एजुकेसन फाउन्डेसनमा हुने मिटपमा यस पल्ट तीन ओटा शीर्षकमा प्रस्तुति हुनेछ । सौरभ अधिकारी, अमृत बन्जारा तथा निलाम्बर शर्माको प्रस्तुति रहने यस कार्यक्रममा वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने परियोजनालाई फेरी सुचारु गर्न आवश्यक तयारी गरि वर्डप्रेसलाई सातप्रतिशत अनुवादित बनाउन सबै वर्डप्रेस प्रेमीहरुलाई…
-
नेपालीमा वर्डप्रेसको पहिलो औपचारिक मिटिंग
पछिल्लो मिटपमा हामीले छलफल गरे अनुसार हामी अब नियमित रुपमा मिटिंग राखी आवस्यक कुराहरुमा छलफल तथा निर्णय गरी अनुवादलाई अझ द्रुत गतिमा अघि बढाउन लागि परेका छौ। यसै अनुरुप आउदो मङ्गलबार पहिलो औपचारिक मिटिंग हुने जानकारी गराउन चाहन्छु। सबै इच्छुक महानुभाबहरु यसमा भाग लिन सक्नुहुन्छ। स्थान : https://wpnepali.slack.com/ मा #translation रुममा मिति: २६ पौष २०७३…
-
मिटिङ्ग नोट – ४ माघ २०७३
टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। हामी अब यसलाई लोगोको रुपमा प्रयोग गर्नेछौ । विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – brand new, backend, frontend, moderation, live preview, threaded comments, manual, up to date,
-
मिटिङ्ग नोट – ११ माघ २०७३
अनुवादलाई अझ छिटो अगाडी बढाउन अनुवाद योगदान दिवस आयोजना गर्ने निर्णय गरियो । सम्भवत माघ २२ गते कार्यक्रम आयोजना गरिनेछ । @shivashankerbhatta ले फेसबुकमा इभेन्ट बनाएर कार्यक्रमको अन्य जानकारीहरु राख्नेछन । विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – timezone, hierarchy
-
मिटिङ्ग नोट – २६ पौष २०७३
टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। @shivashankerbhatta ले अर्को मिटिङ्गमा अहिलेका सुझावहरुलाई ध्यानमा राखी लोगो परिमार्जन गरेर प्रस्तुत गर्नेछन। मिटिङ्गलाई निरन्तरता दिन साप्ताहिक रुपमा मिटिङ्ग आयोजना गर्ने। विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो। निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – object, developer, search engine, directory, inclusive, exclusive, machine, sharing dialog, alphanumeric, value, crop, compatibility,…
-
वर्डप्रेस नेपाली अनुवाद दिवस सम्पन्न
वर्डप्रेस नेपाली अनुवाद दिवस (WordPress Nepali Translation Day) २२ माघ २०७३ मा सम्पन्न भएको छ। योगदानकर्ताहरु एकै ठाउँमा भेला भई सामुहिक रुपमा अनुवाद गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको थियो। सो दिन लगभग २२० भन्दा बढी स्ट्रिङ्गहरु अनुवाद गरिएको थियो । सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद छ । सोहि कार्यक्रमका…
-
नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध
सुखद खबर । नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध भएको छ। वर्डप्रेसको प्रशासन प्यानलमा गएर सेटिङ्ग -> साधारण मा जानुहोस् । त्यहाँ साइट भाषा विकल्पमा तपाईंले नेपाली विकल्प भेटाउनुहुनेछ । पोलीग्ल्ट टिमले हालसालै एक निर्णय गरी ८०% भन्दा माथी सम्पन्न भएका अनुवादहरुको वर्डप्रेस भाषा प्याक रिलिज गर्ने काम गरेको छ । अहिलेको अवस्थामा…
-
वर्डप्रेस अब सत प्रतिशत नेपालीमा
हामी वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा अनुवाद गर्न सफल भएका छौं । कैयौ अनुवाद योगदानकर्ताहरुको सहयोगमा हामी यो स्थानसम्म आइपुगेका हौं । अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरु तथा अनुवादमा सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुलाई धन्यवाद । यस अघि लगभग तीन वर्ष अगि वर्डप्रेस ४.० रिलिज हुदाँ नेपाली अनुवाद सत प्रतिशत थियो । त्यस पछि केहि…
-
वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने
पोखरा, नेपाल – “वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध…