आवश्यकताहरू
वर्डप्रेस चलाउनका लागि, तपाईँको होस्टले निम्नलाई समर्थन गर्ने सिफारिस गरिन्छ — कार्यसम्पादन र सुरक्षाका लागि सुरक्षित, आधुनिक आधाररेखा।
बस यति नै हो। Apache वा Nginx लाई वर्डप्रेस चलाउनका लागि सबैभन्दा मजबूत र धेरै सुविधायुक्त सर्भरको रूपमा सिफारिस गरिएको छ, तर PHP र MySQL समर्थन गर्ने कुनै पनि सर्भर पर्याप्त हुन्छ। यसो भए पनि, तपाईँको साइट सेटअप गर्न र चलाउन सबैभन्दा सहज अनुभवका लागि, होस्टिङ पृष्ठमा सूचीकृत प्रत्येक होस्ट ले माथि उल्लेखित सुविधाहरू र सोभन्दा बढीलाई कुनै समस्या बिना समर्थन गर्दछ।
विस्तृत पिएचपी एक्सटेन्सन सिफारिसहरूको लागि होस्टिङ ह्यान्डबुक हेर्नुहोस्।
पुराना संस्करणहरूमा चल्दै हुनुहुन्छ?
वर्डप्रेस अझै पनि PHP 7.2.24+ र MySQL 5.5.5+ मा चल्नेछ, तर ती संस्करणहरूको आधिकारिक समर्थन अवधि समाप्त भइसकेको छ र तपाईँको साइटलाई सुरक्षा कमजोरीहरूको जोखिममा पार्न सक्छ। अपग्रेड गर्न जोडदार सिफारिस गरिन्छ।
आफ्नो होस्टलाई वर्डप्रेस चलाउन भन्नुहोस्
यदि तपाईँलाई तपाईँको होस्टले वर्डप्रेस चलाउन सक्छ वा सक्दैन भन्नेमा अनिश्चितता छ भने, यहाँ एउटा अनुरोध छ जसलाई तपाईँले कपी गरेर तिनीहरूलाई पठाउन सक्नुहुन्छ:
म खुला स्रोत वर्डप्रेस <https://wordpress.org/> वेब सफ्टवेयर चलाउन इच्छुक छु र मेरो खाताले निम्न कुराहरूलाई समर्थन गर्छ कि गर्दैन भनेर सोचिरहेको थिएँ:
- पिएचपी 8.3 वा उच्च
- MariaDB संस्करण 10.6 वा माथिको वा MySQL संस्करण 8.0 वा माथिको
- इन्जिनएक्स वा अपाचे mod_rewrite मोड्युलको साथ
- एचटिटिपिएस समर्थन
धन्यवाद!
आवश्यक छैन, तर राम्रो सुरक्षाको लागि सिफारिस गरिएको छ
होस्टिङ अधिक सुरक्षित हुन्छ जब पिएचपी एप्लिकेसनहरू, जस्तै वर्डप्रेस, सर्भरको पूर्वनिर्धारित साझा युजरनेमको सट्टा तपाईँको खाताको युजरनेम प्रयोग गरी सञ्चालन गरिन्छ। तपाईँको सम्भावित होस्टलाई सोध्नुहोस् कि उनीहरूले तपाईँको खाताको सुरक्षा सुनिश्चित गर्न के कदम चाल्छन्।